बुबा म बन्दुक चलाउँछु

 



                             बुबा म बन्दुक चलाउँछु

पूर्व देखि पश्‍चिम सम्म नेपाल आमाको अङ्गग लुछिदैंछ

अवसरवादीहरु आमाको छाती कुल्चदैछन्

सहिदहरुको बलिदान खेर जान नदिन

बुबा म बन्दुक चलाउँछु ।

 

हो, म एक्लै छु                                             

तर बुबालाई था' छ नी,

एक पछि नै सय आउँछ,

हजार अनि करोड पनि

त्यसैले म एक जान्छु

आमाको अङ्ग जोगाउँछु ।

 

मलाई थाहा छ बुबा म एक्लै सक्दिन

मलाई यो पनि थाहा छ, दाजुभाइले, मलाई धेरै माया गर्छन्

म जान्छु बुबा दाजुभाइ अवश्य पछि लाग्ने छन्

हामी सँगै हुनेछौं, नेपाल आमालाई बचाउनेछौं

आमाको सुन्दरता कायम राख्‍न,

बुबा म बन्दुक चलाउँछ ।

 

यी भुमि हाम्री आमा हुन्, आमाको अस्मिता लुटिएको कसरी हेरौं

अब सहन शक्ति हराइसक्यो,

सम्पूर्ण भूमी फिर्ता गर्न बुबा म खुकुरी पनि चलाउँछु

बुबा म बन्दुक चलाउँछु ।

 

म सुन्दै छु महाकाली, नारायणी चेली बेचिएका छन् रे

चारकोसे भाईभारदार माथि गिद्धे नजर गाढिएका छन् रे

दक्षिणी विस्तारबाद अन्त्य गर्न बुबा म बन्दुक चलाउँछु ।

 

पृथ्वीले गरेका गोरखा सामराज्यको इतिहास दोहोर्‍याउन

पश्‍चिम काङ्गडा देखि पूर्ब टिष्‍टासम्मको दशगजा जोगाउन

बेचिएका चेलीहरुको अस्तित्व फर्काउन

बुबा म खुकुरी चलाउँछु, बुबा म बन्दुक चलाउँछु ।

 

सर्वोच्च शिखर र ज्ञानी बुद्धलाई आफ्नो बनाऊन लागि परेका छन् रे

नेपाली माटो बाट नेपालीपन खोसिदै छ रे

दक्षिणी धुर्तांईँलाई आफ्नो साहासले झुकाउन

-प्रतीक लामिछाने

बुबा म खुकुरी चलाउँछु, बुबा म बन्दुक चलाउँछु

Comments

Post a Comment

Popular posts from this blog

The Middle Class Family

गजल

म विदा भए है