Posts

मध्यवर्गीय परिवार: समाजको मुटु

मध्यवर्ग हरेक राष्ट्रको धड्कन हो न धेरै धनी, न धेरै गरिब, तर सधैं राम्रो जीवनको सपना देख्ने वर्ग। उनीहरू कडा परिश्रम गर्छन्, शिक्षाको मूल्य बुझ्छन्, र इमानदारी र प्रयासबाट प्रगतिमा विश्वास राख्छन्। तर यस वर्गभित्र पनि संघर्ष र सफलता का चार फरक रूप देखिन्छन्: 1. तल्लो मध्यवर्ग ( Lower Middle Class ) सीमित आयमा जीवन बिताउने तर आशा नछोड्ने वर्ग। साना काम र ठूला सपना बोकेर बाँच्ने यो वर्ग गरिबी र स्थायित्वबीच संघर्षमा रहन्छ। उनीहरू प्रायः क्लर्क, सेल्सपर्सन, वा साना पसल व्यवसायी हुन्छन्। आम्दानीले खाना, घरभाडा, र बच्चाहरूको पढाइ चल्छ तर विलासिता वा आकस्मिक खर्चको लागि त्यति पुग्दैन। जीवनशैली: साधारण र सतर्क। मुख्य लक्ष्य: स्थायित्व र आर्थिक सुरक्षा। चुनौतीहरू: मूल्यवृद्धि, स्वास्थ्य समस्या, वा रोजगारी गुम्दा सजिलै गरिबीमा फर्किन सक्छन्। 2. मध्यवर्ग ( Middle Class ) यो वर्ग समाजको औसत कामदार वर्ग हो कार्यालय कर्मचारी, शिक्षक, साना व्यवसायी वा दक्ष पेशेवर। उनीहरू सधैं योजनाबद्ध खर्च गर्छन्, सामान्य घर, राम्रो शिक्षा, र कहिलेकाहीँ मनोरञ्जनको जीवन बाँच्छन्। जीवनशैली: साधारण तर लक्ष्यप्रति केन्...

The Middle Class Family

 The Middle-Class Family : The Heart of Society The middle class is the beating heart of every nation not too rich, not too poor, but always dreaming of a better life. They work hard, value education , and believe in progress through honesty and effort. But even within this group, there are four shades of struggle and success: 1. Lower Middle Class : Living with limits but holding on to hope. They survive on small jobs and big dreams. The lower middle class lives just above the poverty line . They have steady but low-paying jobs  such as clerks, salespeople, or small shopkeepers . Their income is enough for food, rent, and schooling but leaves little for luxury or emergencies. Lifestyle: Simple and cautious. Main goal: Stability and financial security. Challenges: Rising prices, health emergencies, or job loss can quickly push them toward poverty. 2. Middle Class : The lower middle class lives just above the poverty line. They have steady but low-paying jobs such as clerks, s...

स्मृति

  आज आकाशमा अचानक एउटा अनौठो तारा देखे।तारा हेर्दा हेर्दै समय बितेको पत्तै पाइँन, धेरै बेर त्यो तारा हेरिरहें यस्तो लाग्यो त्यो ताराले पनि मलाई हेरिरहेको छ। मलाई केही भन्‍न खोजी रहेको छ। मलाई हेरेर मुस्कुराई रहेकोछ कि मानौ धेरै समय बिछोड भएर पुनः मिलन भएको प्रेमिल जस्तो। ऊ अरु ताराहरु भन्दा भिन्‍नै छ कति धेरै चमक, उसको त्यो आकार। मलाई लाग्यो ऊ अघि भन्दा अझ मेरो समीपमा छ मेरै वरिपरि।मलाई केही बताउन खोज्दै मेरो समिप्यतामा मेरो अंगालोमा बेरिएर कुनै प्रेमिल जोडीको   बिछोड पछिको मिलनलाई सदा कसिलो बनाउन खोजे झैं। मलाई पनि यस्ता भानहरु अनेक किसिमका भावनाहरु तरङ्‍गित नभएको होइन् । जबदेखि त्यो तारा देखेको छु मन त्यसै उत्साहित छ, नवरंगिन छ ।म पनि एक्लै रमाउन थालेको छु। एक किसिमको नवीनपन छाइएको छ म भित्र कता-कता। अब त त्यो तारा संग रातभरी बात मार्ने मेरो बानी नै परिसक्यो। कुनै नवीन जोडी लुकेर भेट्ने गर्छन म पनि त्यसै गरी उनीसंग राती राती भेट्न थाले। फरक यति थियो कि तारा बादलपारीको गाँउबाट मलाई र म यहाँ बाट एकटक भएर मौन रहेर आपसमा बिरह साट्‍ने गर्दथ्यौं। मलाई पनि कता-कता यस्तो लाग्‍...

जन्मदिनको शुभकामना

  जन्‍मदिनको शुभकामना नाअओस् बाधा यो यात्रामा दु:ख कष्ट पनि हारुन बैरी सबै तिम्रो सामु ; झुकुन कालै अनि फलोस् फुलोस खुसीहरु सबै यहि छ चाहाना हाँसो ओठमा आइरहोस , जन्मदिनको शुभकामना । लम्किरह सफलतातर्फ तिमी ; शिखरबाट गगन छुन चम्किरह जगतमा सधैं भरी सुर्य जस्तो भइ कन पूरा होउन सपना तिम्रा सबै यहि छ चाहाना यादमा बसिरहे सयौं वर्ष जन्मदिनको शुभकामना । दुवोझैँ मौलाई रह तिमी सन्तान सुखी भए नासियोस रोगव्याद सबै तिम्रा ; देव दायाँ रहे सोचे सम्झेको पूरा भइ रहोस् यहि छ चाहाना दीर्घायु रहोस जीवन तिम्रो जन्मदिनको शुभकामना

गजल

  खुसी मेरो भाग्यमा लेखिएको छैन दुःखी म कुनै तस्विरमा छैन     छापिएन हासो र मुस्कान ओठमा मेरो नहसाएको तिमीलाई कुनै पल छैन   निन्द्रा मेरो आखाँमा देखिएको छैन निदाए जस्तो देखिएको कुनै रात छैन   आराम छाएन मेरा यी श्‍वासहरुमा सुकुन नदेखाएको कुनै बात छैन   हातमा मेरा रेखा कोरिएको छैन रेखा मैले नदेखाएको ठाउ छैन   नियालेर हेरोको छु जिवनलाई हार नखाएक कुनै मानव छैन

बुबा फेरि रात पर्छ कि !

                                                                             बुबा फेरि रात पर्छ कि   ? विगुलहरुले शान्ति विउँताउन लागिरहेका बेला यदुवंशीहरुले पुर्वतिरबाट यथेष्ट शान्ति देलान जस्तो छैन भोर्लेटारको आँगनीमा रानीचरी आज पनि छैन राजापुरका बस्तीहरु आज पनि सुनसान छन् यो रामछायाको बीचैमा बुबा फेरि रात पर्छ कि उज्यालोको व्यवस्था गरिराख्नु होला है   हुन त वितण्डा धेरै फैलिएको छैन शुक्ला भिसारीका भैं शान्ति भेट्न शीर्षस्थलहरु लागि परेजस्ता छन् तैपनि लग्न लङ्घनसँगै बुबा फेरि रात पर्छ कि सलाईको जोहो गर्न नभुल्नुहोला है   पूर्वको लालीमा पश्चिम पुग्दा बीचैमा बन्दुकहरु विस्कुनमा हुने कुरो बुझिएको छ मल्लभुमिबाट तुषारापातको शुरूवात भइ शकुनीको संघार्मै बुबा फेरि रात पर्छ कि ढिकी जाँताको काम आजै गरिराख्नु होला है   सर्वभोगीहरुलाई ऐसेलुखर्क देखि झ...

म विदा भए है

  म विदा भए है आमाको कल्पनाको सुन्दर संसार सजाउन भविष्यमा सुखका दिनहरुका बिगुल बजाउन सुखी जीवनको प्यास मेटाउन म परदेश जाँदैछु, आमा म विदा भए है   बुबाको सपनाको महल सजाउन संगिनीको गलामा गहना परिर्‍याउन भाइबहिनीको उज्ज्‍वल भविष्य खोज्दै बिरान शहरमा कर्म रोज्दै म परदेश जाँदैछु, बुबा म विदा भए है   टाढिएका आफन्तहुलाई पुन आफ्नो बनाउन दुई रुपैंया नपत्याउने छिमेकीको आँखामा सजिन चुहिएको घरको छानोलाई सुनले छाउन म परदेश जाँदैछु, म विदा भए है     आँगनीमा रंगीन  फुलहरु फुलाउन मेरा मारिएका ईच्छाहरु छोराछोरीलाई पुर्‍याउन एक्लोपनको चाडहरुलाई साईनो गास्न म परदेश जाँदैछु, म विदा भए है प्रतिक लामिछाने