स्मृति
आज आकाशमा अचानक एउटा अनौठो तारा देखे।तारा हेर्दा
हेर्दै समय बितेको पत्तै पाइँन, धेरै बेर त्यो तारा हेरिरहें यस्तो लाग्यो त्यो
ताराले पनि मलाई हेरिरहेको छ। मलाई केही भन्न खोजी रहेको छ। मलाई हेरेर मुस्कुराई
रहेकोछ कि मानौ धेरै समय बिछोड भएर पुनः मिलन भएको प्रेमिल जस्तो।
ऊ अरु ताराहरु भन्दा भिन्नै छ कति धेरै चमक, उसको
त्यो आकार। मलाई लाग्यो ऊ अघि भन्दा अझ मेरो समीपमा छ मेरै वरिपरि।मलाई केही बताउन
खोज्दै मेरो समिप्यतामा मेरो अंगालोमा बेरिएर कुनै प्रेमिल जोडीको बिछोड पछिको मिलनलाई सदा कसिलो बनाउन खोजे झैं।
मलाई पनि यस्ता भानहरु अनेक किसिमका भावनाहरु तरङ्गित नभएको होइन् । जबदेखि त्यो
तारा देखेको छु मन त्यसै उत्साहित छ, नवरंगिन छ ।म पनि एक्लै रमाउन थालेको छु। एक
किसिमको नवीनपन छाइएको छ म भित्र कता-कता।
अब त त्यो तारा संग रातभरी बात मार्ने मेरो बानी
नै परिसक्यो। कुनै नवीन जोडी लुकेर भेट्ने गर्छन म पनि त्यसै गरी उनीसंग राती राती
भेट्न थाले। फरक यति थियो कि तारा बादलपारीको गाँउबाट मलाई र म यहाँ बाट एकटक भएर
मौन रहेर आपसमा बिरह साट्ने गर्दथ्यौं।
मलाई पनि कता-कता यस्तो लाग्न थाल्यो कि म उसलाई
धेरै नजिकबाट चिन्छु।हामी बिच धेरै गहिरो सम्बन्ध छ।सोचे सबै भ्रम हुन।आखिर ऊ त
एउटा तारा न हो म भन्दा कोसौं टाढा, म भन्दा भिन्दै संसारको अलग्गै ब्रम्हाण्डको,
छुट्टै वायुमण्डलको तर कहिले लाग्थ्यो ऊ भित्र कसैको अनुहार झल्किन्थ्यो, लाग्छ
त्यो अनुहार मभित्र जुनीदेखिको सम्बन्धमा छ।
सुन्दर, शान्त, र सुशील देखिने त्यो मुहार किन
मसँग नजिकिन खोजिरहको छ? किन केही बताउन खोजिरहेको छ? किन बाधिन चाहान्छ मेरो
अंगालोमा?
सुनेको थिए मान्छे मरे पछि तारा बन्छन् भनेर र
आफ्नो प्यारो मान्छेलाई नियालि रहन्छन रे। तर म त कसैको प्यारो थिइन मलाई प्रेम
गर्ने मेरा आमा बुबा मलाई उहाँहरुको आँखाबाट एकछिन ओझेल पर्न दिनुहुन्न।यस्तै
कुरा मनमा खेलाउदै म मेरो कोठामा गए... पल्टिए मेरो बिस्तारामा।मनमा धेरै कुराहरु
खेलिरहेका थिए आज आँखामा निन्द्रा आएको थिएन मन बेचैन थियो त्यो बाहिरको दृश्यले
तन छटपट्टिरहेको थियो।
पुन बाहिर आए... चिसो वतास चलिरहेको रहेछ।मैले एक
निष्पट्ट अध्याँरो चिर्दै पारी क्षितिजमा आँखा पुर्याएँ यस्तो लाग्यो कि तारा
पहिलेको भन्दा मधुरो भएको छ।त्यो ताराले त्यस चिसो बातासको सुसेलीसँगै केही बोले
जस्तो लाग्यो केही भने जस्तो लाग्यो उसको आवाज मेरो कानमा गुञ्जियो ।त्यो चिसो
वतासको सहाराले उसले मेरो शरीरमा स्पर्श गरे झैं लाग्यो।म झस्किए मेरो वरपर कोहि
थिएन।
फेरि उही आवाज आउछ म हेरिरहे...टोलाइरहे उसलानै
हेरेर लाग्यो उबाट आँसुका धारा बहन थाले जस्तो।असहज त मलाई पहिला देखिनै भएको थियो
जबदेखि त्यो तारा आकाशमा देखेको थिए। कहिले कोहि हाँसेको जस्तो सुनेको थिए त कहिले
मेरा आँखा अगाडि धमिला दुई प्रेमिल जोडीहरु बाँधिएर हिडेको देख्ने गर्थे।
मैले प्रतिप्रश्न गरे को हौ तिमी ? आवाज आयो “मलाई चिनेनौ राजाबाबु” म तिम्री प्रेमिका
विद्यारानी
-तर मेरो त कोहि प्रेमीका छैनन्,
-खै कसरी सुरु गरी अन्त्य गरौं, कसरी तिमीलाई
बुझाउँ राजाबाबु !
-हैन के सम्झाउने ? के बुझाउने ?
अनि को हो यो किन मसँग अनायासै जिस्किरहेको?
-तिमीलाई विश्वास न होला तर सत्य यही यो सुन
राजाबाबु! यो जीवन तिम्रो दोस्रो जुनी
हो पहिले जुनीमा तिमी र म प्रगाढ प्रेम गर्दथ्यौ हामी एक आपसमा ताराले सबै कुरा
सबिस्तार गर्यो म माथी बज्र परे झैं भयो आकाशले आफ्नो स्थान छोडे झैं लाग्यो
ब्रम्हाण्डले गति फेरे झै लाग्यो म निशब्द भए।भावविहीन रहे यस्तो लाग्यो म बेस्सरी
लडें
मैले विस्तारै मधुर आवजामा सोधें कसरी तिमी मेरी
प्रेमिका? तिमी त्यहाँ बादल पारी छौ अनि म यहाँ ? यो सम्भव छैन यति भनेर म त्यहाँ
हिड्न खोजें तर मलाइ फेरी त्यही आवाज उही वतासले स्पर्श गर्यो र रोइरहेको आवजमा
फेरि उही पुनरजन्मको कथा सुनायो
-म यस्ता कुरामा विश्वास गर्दिन र म कसैसंग प्रेम
पनि गर्दिन मलाई यो प्रेम माया देखी घृणा लाग्छ मिथ्या लाग्छ यी कुराहरु राजावाबु
ले भन्यो ।
हैन राजाबाबु! म
तिम्रै बिद्यारानी, मैले मेरा सबै तिमीलाई सुम्पिएकी छु बिन्ति मलाई सम्झने कोसिस
गर। राजाबाबु मौन रह्यो त्यो चिसो वतासको सुसेलीले तिमी र म एक अर्कालाई धेरै चाहन्थ्यौ,
हाम्रो प्रेम गहिरो अनि निश्चल थियो। मेरो भन्नु तिमी अनि तिम्रो म । तिमीले नै
भनेका होइनौ त राजाबाबु?
एकदिन यो कुरा मेरो परिवारमा थाहा भयो र हामीलाई
टाढा पारियो मलाई मेरा परिवारले शहर पुर्याउनु भयो त्यस पछि हाम्रो भेट हुन
छाड्यो मैले मेरा परिवारसंग धेरै विन्ति गरें रोएँ कराए धेरै छट्पट्टिएँ तर यो
सिवाए मैले केही गर्न सकिन।
शहर पुगेको केही दिनमै तिम्रो मृत्युको खबर आयो र
मैले पनि यो सहन नसकेर आत्मा त्याग गरे।
-किन तिम्रा परिवारले हामीलाई छुट्याएका त ? आखिर
के प्रेम गर्नु गलत हो त ?
-तिमी अलगै धर्मका थियौ र मेरो धर्म अलग थियो
हाम्रो त्यो पवित्र प्रमलाई दैवको आँखा लाग्यो ।
राजाबाबु बेहोसियो... राजाबाबुलाई यस्तो लाग्यो कि
चिसो बतासले अंगालिरहेको जस्तो र विद्यारानीले उसलाई सुम्सुम्याउदै छिन र उनको
काखमा ऊ चिर निन्द्रामा छ।
केही समय पछि म बिउझिए र मैले आफुलाई ताराहरुको
माझमा पाए...बादल पारिको देशमा……..।
Comments
Post a Comment