बुबा फेरि रात पर्छ कि !
बुबा फेरि रात पर्छ कि ? विगुलहरुले शान्ति विउँताउन लागिरहेका बेला यदुवंशीहरुले पुर्वतिरबाट यथेष्ट शान्ति देलान जस्तो छैन भोर्लेटारको आँगनीमा रानीचरी आज पनि छैन राजापुरका बस्तीहरु आज पनि सुनसान छन् यो रामछायाको बीचैमा बुबा फेरि रात पर्छ कि उज्यालोको व्यवस्था गरिराख्नु होला है हुन त वितण्डा धेरै फैलिएको छैन शुक्ला भिसारीका भैं शान्ति भेट्न शीर्षस्थलहरु लागि परेजस्ता छन् तैपनि लग्न लङ्घनसँगै बुबा फेरि रात पर्छ कि सलाईको जोहो गर्न नभुल्नुहोला है पूर्वको लालीमा पश्चिम पुग्दा बीचैमा बन्दुकहरु विस्कुनमा हुने कुरो बुझिएको छ मल्लभुमिबाट तुषारापातको शुरूवात भइ शकुनीको संघार्मै बुबा फेरि रात पर्छ कि ढिकी जाँताको काम आजै गरिराख्नु होला है सर्वभोगीहरुलाई ऐसेलुखर्क देखि झ...