हाकिम सा’ ब तलब कहिले आउँछ?
जिउ ज्यान सुकि सक्यो
घ्यु खान मन छ
जोश जाँगर मरिसक्यो
निन्द्रा बिरलै लाग्छ
ऋण माथि ऋण थप्यो
व्याज उस्तै चर्को
आफ्नो भत्ता जिउँका तिउँ
घरको भुटुन सक्यो
गन्जि पनि फाट्न लागे
छाक टार्ने पत्तो छैन
रोगले व्यथा च्यापी सक्यो
बुडि घुर्की खपी सक्नु छैन
आउछन् साहु घरैमा, फोन दिनरातै
कहीले आउँछ कुर्दाकुर्दै मरी सक्यो आशै
विरक्ता लाग्न थाल्या छ, कसो गरु लाग्छ
अब त अत्ति भो, हाकिम सा’ ब तलब कहिले
आउँछ?
Comments
Post a Comment