म विदा भए है
म विदा भए है
आमाको कल्पनाको सुन्दर संसार
सजाउन
भविष्यमा सुखका दिनहरुका बिगुल बजाउन
सुखी जीवनको प्यास मेटाउन
म परदेश जाँदैछु, आमा म विदा भए है
बुबाको सपनाको महल सजाउन
संगिनीको गलामा गहना परिर्याउन
भाइबहिनीको उज्ज्वल भविष्य खोज्दै
बिरान शहरमा कर्म रोज्दै
म परदेश जाँदैछु, बुबा म विदा भए है
टाढिएका आफन्तहुलाई पुन आफ्नो
बनाउन
दुई रुपैंया नपत्याउने छिमेकीको आँखामा सजिन
चुहिएको घरको छानोलाई सुनले छाउन
म परदेश जाँदैछु, म विदा भए है
आँगनीमा रंगीन फुलहरु फुलाउन
मेरा मारिएका ईच्छाहरु छोराछोरीलाई पुर्याउन
एक्लोपनको चाडहरुलाई साईनो गास्न
म परदेश जाँदैछु, म विदा भए है
भविष्यमा सुखका दिनहरुका बिगुल बजाउन
सुखी जीवनको प्यास मेटाउन
म परदेश जाँदैछु, आमा म विदा भए है
संगिनीको गलामा गहना परिर्याउन
भाइबहिनीको उज्ज्वल भविष्य खोज्दै
बिरान शहरमा कर्म रोज्दै
म परदेश जाँदैछु, बुबा म विदा भए है
दुई रुपैंया नपत्याउने छिमेकीको आँखामा सजिन
चुहिएको घरको छानोलाई सुनले छाउन
म परदेश जाँदैछु, म विदा भए है
मेरा मारिएका ईच्छाहरु छोराछोरीलाई पुर्याउन
एक्लोपनको चाडहरुलाई साईनो गास्न
म परदेश जाँदैछु, म विदा भए है
प्रतिक लामिछाने
Comments
Post a Comment