गजल

 

खुसी मेरो भाग्यमा लेखिएको छैन

दुःखी म कुनै तस्विरमा छैन

 

 छापिएन हासो र मुस्कान ओठमा मेरो

नहसाएको तिमीलाई कुनै पल छैन

 

निन्द्रा मेरो आखाँमा देखिएको छैन

निदाए जस्तो देखिएको कुनै रात छैन

 

आराम छाएन मेरा यी श्‍वासहरुमा

सुकुन नदेखाएको कुनै बात छैन

 

हातमा मेरा रेखा कोरिएको छैन

रेखा मैले नदेखाएको ठाउ छैन

 

नियालेर हेरोको छु जिवनलाई

हार नखाएक कुनै मानव छैन

Comments

Popular posts from this blog

The Middle Class Family

म विदा भए है