Posts

Showing posts from August, 2023

स्मृति

  आज आकाशमा अचानक एउटा अनौठो तारा देखे।तारा हेर्दा हेर्दै समय बितेको पत्तै पाइँन, धेरै बेर त्यो तारा हेरिरहें यस्तो लाग्यो त्यो ताराले पनि मलाई हेरिरहेको छ। मलाई केही भन्‍न खोजी रहेको छ। मलाई हेरेर मुस्कुराई रहेकोछ कि मानौ धेरै समय बिछोड भएर पुनः मिलन भएको प्रेमिल जस्तो। ऊ अरु ताराहरु भन्दा भिन्‍नै छ कति धेरै चमक, उसको त्यो आकार। मलाई लाग्यो ऊ अघि भन्दा अझ मेरो समीपमा छ मेरै वरिपरि।मलाई केही बताउन खोज्दै मेरो समिप्यतामा मेरो अंगालोमा बेरिएर कुनै प्रेमिल जोडीको   बिछोड पछिको मिलनलाई सदा कसिलो बनाउन खोजे झैं। मलाई पनि यस्ता भानहरु अनेक किसिमका भावनाहरु तरङ्‍गित नभएको होइन् । जबदेखि त्यो तारा देखेको छु मन त्यसै उत्साहित छ, नवरंगिन छ ।म पनि एक्लै रमाउन थालेको छु। एक किसिमको नवीनपन छाइएको छ म भित्र कता-कता। अब त त्यो तारा संग रातभरी बात मार्ने मेरो बानी नै परिसक्यो। कुनै नवीन जोडी लुकेर भेट्ने गर्छन म पनि त्यसै गरी उनीसंग राती राती भेट्न थाले। फरक यति थियो कि तारा बादलपारीको गाँउबाट मलाई र म यहाँ बाट एकटक भएर मौन रहेर आपसमा बिरह साट्‍ने गर्दथ्यौं। मलाई पनि कता-कता यस्तो लाग्‍...

जन्मदिनको शुभकामना

  जन्‍मदिनको शुभकामना नाअओस् बाधा यो यात्रामा दु:ख कष्ट पनि हारुन बैरी सबै तिम्रो सामु ; झुकुन कालै अनि फलोस् फुलोस खुसीहरु सबै यहि छ चाहाना हाँसो ओठमा आइरहोस , जन्मदिनको शुभकामना । लम्किरह सफलतातर्फ तिमी ; शिखरबाट गगन छुन चम्किरह जगतमा सधैं भरी सुर्य जस्तो भइ कन पूरा होउन सपना तिम्रा सबै यहि छ चाहाना यादमा बसिरहे सयौं वर्ष जन्मदिनको शुभकामना । दुवोझैँ मौलाई रह तिमी सन्तान सुखी भए नासियोस रोगव्याद सबै तिम्रा ; देव दायाँ रहे सोचे सम्झेको पूरा भइ रहोस् यहि छ चाहाना दीर्घायु रहोस जीवन तिम्रो जन्मदिनको शुभकामना

गजल

  खुसी मेरो भाग्यमा लेखिएको छैन दुःखी म कुनै तस्विरमा छैन     छापिएन हासो र मुस्कान ओठमा मेरो नहसाएको तिमीलाई कुनै पल छैन   निन्द्रा मेरो आखाँमा देखिएको छैन निदाए जस्तो देखिएको कुनै रात छैन   आराम छाएन मेरा यी श्‍वासहरुमा सुकुन नदेखाएको कुनै बात छैन   हातमा मेरा रेखा कोरिएको छैन रेखा मैले नदेखाएको ठाउ छैन   नियालेर हेरोको छु जिवनलाई हार नखाएक कुनै मानव छैन