जन्मदिनको शुभकामना
जन्मदिनको शुभकामना
नाअओस् बाधा यो यात्रामा दु:ख कष्ट पनि
हारुन बैरी सबै तिम्रो सामु; झुकुन कालै अनि
फलोस् फुलोस खुसीहरु सबै यहि छ चाहाना
हाँसो ओठमा आइरहोस, जन्मदिनको शुभकामना ।
लम्किरह सफलतातर्फ तिमी; शिखरबाट गगन छुन
चम्किरह जगतमा सधैं भरी सुर्य जस्तो भइ कन
पूरा होउन सपना तिम्रा सबै यहि छ चाहाना
यादमा बसिरहे सयौं वर्ष जन्मदिनको शुभकामना ।
दुवोझैँ मौलाई रह तिमी सन्तान सुखी भए
नासियोस रोगव्याद सबै तिम्रा; देव दायाँ रहे
सोचे सम्झेको पूरा भइ रहोस् यहि छ चाहाना
दीर्घायु रहोस जीवन तिम्रो जन्मदिनको शुभकामना
Comments
Post a Comment