Posts

Showing posts from October, 2022

देशलाई सन्‍चो छैन

  पहिले जुम्रो थियो, अजिले घताक भाइरस भएको सिलित्तत केस झैं भएको जिवाणूले बुढेसकालमा राताराता गाला पारी देश खोक्रो बनाउदैं छ देशलाई सन्‍चो छैन पहिले जिङ्‍रिङ्ग थियो त्यो जुको मुलको पानी समेत चुस्न नसक्ने अहिले तनतन रगत चुसिरहे छ मस्त ढलिरकोको छ सुङ्गुर झैं मोटाई रहेछ फैलिरहेको छ खोक्रो भाइरस देशलाई सन्‍चो छैन सुक्‍को नभएको त्यो मुसोसँग अहिले स्विस नामको दुलामा अथाह मकै जोगाएको छ पानी चुहिने दुलोलाई सुन्दर महलले छोपेको छ फैलिरहेको छ यो फुस्रो भाइरस देशलाई सन्‍चो छैन पुनः जाग्दैछ त्यो धमिरो आसेपासेका किराहरु साथ लिएर आमुल परिवर्तन गराउने सपना देखाउदै छ... लट्याउन खोज्‍दै छ मंसिरको त्यो चिसोमा ठिरिएका आवजहरुको माझमा त्यो भाइरस देशलाई सन्‍चो छैन