देशलाई सन्चो छैन
पहिले जुम्रो थियो, अजिले
घताक भाइरस भएको
सिलित्तत केस झैं भएको
जिवाणूले
बुढेसकालमा राताराता गाला
पारी
देश खोक्रो बनाउदैं छ
देशलाई सन्चो छैन
पहिले जिङ्रिङ्ग थियो त्यो जुको
मुलको पानी समेत चुस्न नसक्ने
अहिले तनतन रगत चुसिरहे छ
मस्त ढलिरकोको छ
सुङ्गुर झैं मोटाई रहेछ
फैलिरहेको छ खोक्रो भाइरस
देशलाई सन्चो छैन
सुक्को नभएको त्यो
मुसोसँग
अहिले स्विस नामको दुलामा
अथाह मकै जोगाएको छ
पानी चुहिने दुलोलाई
सुन्दर महलले छोपेको छ
फैलिरहेको छ यो फुस्रो भाइरस
देशलाई सन्चो छैन
पुनः जाग्दैछ त्यो धमिरो
आसेपासेका किराहरु साथ
लिएर
आमुल परिवर्तन गराउने
सपना देखाउदै छ...
लट्याउन खोज्दै छ
मंसिरको त्यो चिसोमा
ठिरिएका आवजहरुको माझमा
त्यो भाइरस
देशलाई सन्चो छैन
Sahi vannu vayo sir tapai la
ReplyDelete