देशलाई सन्‍चो छैन

 


पहिले जुम्रो थियो, अजिले घताक भाइरस भएको

सिलित्तत केस झैं भएको जिवाणूले

बुढेसकालमा राताराता गाला पारी

देश खोक्रो बनाउदैं छ

देशलाई सन्‍चो छैन

पहिले जिङ्‍रिङ्ग थियो त्यो जुको

मुलको पानी समेत चुस्न नसक्ने

अहिले तनतन रगत चुसिरहे छ

मस्त ढलिरकोको छ

सुङ्गुर झैं मोटाई रहेछ

फैलिरहेको छ खोक्रो भाइरस

देशलाई सन्‍चो छैन

सुक्‍को नभएको त्यो मुसोसँग

अहिले स्विस नामको दुलामा

अथाह मकै जोगाएको छ

पानी चुहिने दुलोलाई

सुन्दर महलले छोपेको छ

फैलिरहेको छ यो फुस्रो भाइरस

देशलाई सन्‍चो छैन

पुनः जाग्दैछ त्यो धमिरो

आसेपासेका किराहरु साथ लिएर

आमुल परिवर्तन गराउने

सपना देखाउदै छ...

लट्याउन खोज्‍दै छ

मंसिरको त्यो चिसोमा

ठिरिएका आवजहरुको माझमा

त्यो भाइरस

देशलाई सन्‍चो छैन

Comments

Post a Comment

Popular posts from this blog

The Middle Class Family

गजल

म विदा भए है