बुबा म बन्दुक चलाउँछु

बुबा म बन्दुक चलाउँछु
पूर्व देखि पश्चिम सम्म नेपाल आमाको अङ्गग लुछिदैंछ
अवसरवादीहरु आमाको छाती कुल्चदैछन्
सहिदहरुको बलिदान खेर जान नदिन
बुबा म बन्दुक चलाउँछु ।
हो, म एक्लै छु
तर बुबालाई था' छ नी,
एक पछि नै सय आउँछ,
हजार अनि करोड पनि
त्यसैले म एक जान्छु
आमाको अङ्ग जोगाउँछु ।
मलाई थाहा छ बुबा म एक्लै सक्दिन
मलाई यो पनि थाहा छ, दाजुभाइले, मलाई धेरै माया गर्छन्
म जान्छु बुबा दाजुभाइ अवश्य पछि लाग्ने छन्
हामी सँगै हुनेछौं, नेपाल आमालाई बचाउनेछौं
आमाको सुन्दरता कायम राख्न,
बुबा म बन्दुक चलाउँछ ।
यी भुमि हाम्री आमा हुन्, आमाको अस्मिता लुटिएको कसरी हेरौं
अब सहन शक्ति हराइसक्यो,
सम्पूर्ण भूमी फिर्ता गर्न बुबा म खुकुरी पनि चलाउँछु
बुबा म बन्दुक चलाउँछु ।
म सुन्दै छु महाकाली, नारायणी चेली बेचिएका छन् रे
चारकोसे भाईभारदार माथि गिद्धे नजर गाढिएका छन् रे
दक्षिणी विस्तारबाद अन्त्य गर्न बुबा म बन्दुक चलाउँछु ।
पृथ्वीले गरेका गोरखा सामराज्यको इतिहास दोहोर्याउन
पश्चिम काङ्गडा देखि पूर्ब टिष्टासम्मको दशगजा जोगाउन
बेचिएका चेलीहरुको अस्तित्व फर्काउन
बुबा म खुकुरी चलाउँछु, बुबा म बन्दुक चलाउँछु ।
सर्वोच्च शिखर र ज्ञानी बुद्धलाई आफ्नो बनाऊन लागि परेका
छन् रे
नेपाली माटो बाट नेपालीपन खोसिदै छ रे
दक्षिणी धुर्तांईँलाई आफ्नो साहासले झुकाउन
|
-प्रतीक लामिछाने |
Bastabikta😊😊
ReplyDelete🔥🔥🔥🔥🔥🔥
ReplyDelete