त्यसैले त म कवि हुँ ॥1॥

 


त्यसैले त म कवि हुँ ॥1॥

रबी, तिमी जहाँ पुग्न सक्दैनौ, त्यहाँ म पुग्न सक्छु

मेरो रचनाका प्रकाशले त्यस अन्धकारलाई पुछ्‌न सक्छु

मानिसले नसुनेका पत्थरका आवज सुन्‍न सक्छु

बेदनाका चाङहरुमा खुसीका तरङ्ग बुन्‍न सक्छु

त्यसैले त म कबि हुँ

 

चिसो बतासको सुसेली भाका म सुन्‍न सक्छु

सपनीमै हुँदा पनि लोक भाका बुन्‍न सक्छु

मध्‍य रातको तारा जस्तै चम्किरहन सक्छु

अनकन्टार भीर पहिरो छिचोल्दै म लम्किरहन सक्छु,

म चाहन्छु परिवर्तन, त्यसैले त म कबि हुँ ।

 

औंसीको अन्धकारमा चन्द्रको ज्योती बनी चम्किरहन सक्छु

न्याउलीले बिरह गाउँदा, त्यसको बेदना पनि म बुझ्‍न सक्‍छु

खहरे खोला खोंचबाट झर्दा त्यसको चोट देख्‍न सक्‍छु

बाँझो खेत उब्जाउन सक्छु, खडेरीमा पनि बर्षन सक्छु

त्यसैले त म कबि हुँ ।

 

म रङ्गीन छु बेरंङ्ग बस्तुमा म रंङ्ग भर्न सक्छु

चैत मासै ईन्द्रेणी बन्‍न सक्छु

प्यासीलाई पानी बन्‍न सक्छु

यात्रीलाई बाटो बन्‍न सक्छु

हो म कबि हुँ, त्यसैले त सवाल्टर्नहरुको आवाज सुन्‍न सक्‍छु ।

 

निराकारलाई आकार दिन सक्छु

अनकन्टारमा उज्यालो छर्न सक्छु

कोमामा रहेकालाई श्‍वास भर्न सक्छु

म एकलाई हजार बनाउन सक्छु

गाँऊलाई शहर बनाउन सक्छु,

मरुभुमिलाई बगैँचाले सजाउन सक्छु

एकान्तमा एक्लै रमाउन सक्छु

त्यसैले त म कबि हुँ ॥

                                                                                                      -प्रतीक लामिछाने

Comments

Popular posts from this blog

The Middle Class Family

गजल

म विदा भए है